विगत लामो समयदेखि घर जग्गा व्यवसाय गर्दै आउनु भएका धादिङका घर जग्गा व्यवसायी
टीका काप्रीसँगको कुराकानी ः
टीका काप्री
घर जग्गा व्यवसायी
१. टीका जी तपाई लामो समयदेखि घर जग्गा व्यवसायमा सक्रिय हुनुहुन्छ, के छ पछिल्लो समय देशमा घर जग्गाको कारोवारको अवस्था ?
राज्यले घरजग्गा व्यवसायलाई मध्यनजर नगर्दा अहिले व्यवसाय अव्यवस्थित बन्दै गएको छ । नीति निर्माणमा कर्मचारीतन्त्र हुँदा पनि व्यवसाय अव्यवस्थि बनेको छ । राज्य पक्षले यस व्यवसायलाई प्रोत्साहन गर्न नसक्दा पनि व्यवसाय नै अव्यवस्थित बनिरहेको छ ।
२. घर जग्गा व्यवसायलाई व्यवस्थित बनाउन के गर्नु आवश्यक छ त ?
घर जग्गा व्यवसायीहरुलाई सरकारले लाइसेन्स उपलब्ध गराएमा व्यवसाय व्यवस्थित बन्ने देखिन्छ । घर जग्गा व्यवसायमा लाग्ने व्यक्तिहरुको माग सम्बोधन गर्न पनि सरकारले लाइसेन्स दिनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । त्यसैगरी सरकारी मूल्याङकन सहि तवरले नगरिदा पनि समस्या हुने गरेकाले सरोकारवाला निकायहरुले मूल्याङकनलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।
३. प्रत्येक आर्थिक वर्षमा सरकारले घर जग्गा व्यवसायमा बढाउने करले व्यवसायीहरुलाई फाइटा छ कि बेफाइदा ?
सरकारले प्रत्येक आर्थिक वर्षमा घर जग्गामा बढाउने करले पनि व्यवसायीहरु मारमा परेका छन् । बैंकले अनुत्पादक क्षेत्र भनेर घरजग्गामा कर्जा नदिने निति लिएपछि घर जग्गा किनबेचमा कमी आएको थियो । सरकारले घर जग्गा व्यवसायमा कर बृद्धि गरेर मात्र हुदैँन व्यवसायलाई व्यवस्थित बनाउन नीति निर्माण पनि गर्नुपर्छ । अझ नीति निर्माण गरेर मात्र पनि काम छैन, त्यसको कार्यान्वयनको पाटोलाई मजबुत बनाउनु पर्छ ।
४. करिब डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरिएको छ, यसमा तपाईको विचार के छ ?
कित्ताकाट रोक्नै नहुने थियो सरकारले रोक्यो फेरि अहिले आएर जग्गाको कित्ताकाट खुलायो, यसले कालान्तर रुपमा आर्थिक असर पर्ने देखिन्छ । व्यवपार नै रोकिएको भन्ने जनगुनासो पछि निर्णयको पुर्नविचार गरिएको छ । अब हेरौँ यसले घर जग्गाको व्यापारमा कस्तो परिवर्तन ल्याउँछ । खेतीयोग्य जग्गा कुनै प्रकारले प्लटिङ गरी घरेडीको रुपमा कित्ताकाट गरी बिक्री वितरण गर्न वा हक हस्तान्तरण गर्नेगरी लिखत पास गरिने छैन । भन्ने सरकारको निर्णय राम्रो लागेको छ ।
५. घर जग्गा किन्न खोज्न व्यक्तिहरुले के के कुरामा ध्यान दिनपर्छ, के छ तपाईको सुझाव ?
घर खरिद गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ ः
– घर कहिले बनेको हो, त्यसको निर्माणमा केकस्ता सामग्रीको प्रयोग गरिएको छ, पिलर सिष्टमको हो वा होइन आदि विषयमा घरधनीलाई नै भेटेर जानकारी लिनुपर्छ ।
– घर भूकम्प प्रतिरोधात्मक छ कि छैन, कति रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्छ भन्नेमा विचार र्पुयाएर घर खरीद गर्नु राम्रो हुन्छ ।
– घर खरीद गर्दा घरको स्थितिमा पनि विचार र्पुयाउनुपर्छ । आफ्नै कित्तामा बनेको र वरिपरि पर्याप्त जग्गा छ÷छैन हेर्नुपर्छ ।
– सेवासुविधाको हिसाबले कस्तो छ, पार्किङ, बत्ती, पानी, ढल आदिको व्यवस्था भए÷नभएकोमा पनि ध्यान दिनुपर्छ ।
– वास्तुशास्त्रअनुसार जग्गाको लोकेशन तथा सोहीअनुरूप घर बने÷नबनेकोबारे बुझेर मात्र घर खरीद गर्नुपर्छ ।
– घरको मोहडा काठमाडौँमा पूर्व, दक्षिण हुनु राम्रो हुन्छ । साथै, घाम–पानीको सुबिधाका लागि पनि पूर्व वा दक्षिण फर्केको घर उपयुक्त हुन्छ ।
– कति फीटको बाटोमा घर बनेको छ, घरसम्म ट्याक्सी, कार, बस, मोटरसाइकल आदि जान्छ कि जाँदैन, त्यसमा पनि ध्यान दिनुपर्छ ।
– सार्वजनिक सेवासुविधाका दृष्टिले घर भएको ठाउँ कत्तिको महत्वपूर्ण छ । त्यसमा पनि विचार र्पुयाउनुपर्छ । जस्तै– यातायात, विद्यालय, अस्पताल, बजार, बैङ्क तथा वित्तीय संस्था र सुरक्षाको सुविधाका विषयमा विचार र्पुयाएर घर खरीद गर्नुपर्छ ।
– घर क्षेत्रको समाजमा कस्ता किसिमका मानिस बसोवास गर्छन्, उक्त समाजमा आपूm घुलमिल हुन सक्छु कि सक्दिनँ अर्थात् त्यस किसिमको समाज मेरा लागि उपयुक्त छरछैन जस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।
– शान्त तथा सफासुग्घरको वातावरण छ कि छैन । गाडी, कलकारखाना तथा अन्य मेशिनरी सामान चलाउँदाको आवाज र मान्छेको होहल्ला हुन्छ कि हँुदैन भन्ने जस्ता विविध पक्षमा विचार गर्नुपर्छ । त्यसैले, शान्त तथा हरियाली वातावरणमा अवस्थित घर छान्नु उपयुक्त हुन्छ ।
– घरको कर तिरेको छ कि छैन, जग्गा रैकर हो वा गुठीको, घरजग्गामा मोहीको स्वामित्व छ÷छैन आदिबारे पनि बुझ्नुपर्छ ।
– घरवरपर खुला ठाउँ छ कि छैन त्यसमा पनि ध्यान दिनुपर्छ । भूकम्प आउँदा भाग्नका लागि खुला ठाउँ हुनु पनि आवश्यक छ ।
– वर्तमान नगर वा ग्रामीण योजनाले पार्ने असर पनि हेर्नुपर्छ । कुन प्रयोजनका लागि घर लिने हो, सो प्रयोजन गर्न पाइने हो÷होइन भन्नेबारे अध्ययन गर्नुपर्छ ।
जग्गा खरिद गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ ः
काठमाडौं उपत्यकाको हिसाबले जग्गा पूर्व वा दक्षिण मोहडा भएको उपयुक्त हुन्छ । जग्गामा घाम, पानीको राम्रो व्यवस्था हुनु आवश्यक छ ।
– जग्गासम्म पुग्ने बाटो कति फीटको छ । मोटरसाइकल, कारलगायत सवारीसाधन जान्छ कि जाँदैन आदिबारे जानकारी लिएर मात्र जग्गा छनोट गर्नुपर्छ । त्यस्तै, वास्तुशास्त्रअनुसारको जग्गा छ कि छैन भन्नेमा पनि विचार र्पुयाउनुपर्छ ।
– सेवासुविधाको हिसाबले उपयुक्त जग्गा हो कि होइन, त्यसबारे पनि जान्नुपर्छ । उदाहरणका लागि ढल, पानी, बिजुली, यातायात, विद्यालय, अस्पताल, बैङ्क आदि ।
– जग्गाको लोकेशन पनि ठीक ठाउँमा हुनुपर्छ । भीर–पहिरो वा नदी कटानले असर नगर्ने खालको जग्गा हुनुपर्छ ।
– जग्गाको कर तिरेको छ कि छैन, जग्गा रैकर अथवा गुठी कुनको हो, त्यो पनि थाहा पाउनुपर्छ । जग्गामा मोहीको हक छ कि छैन भन्नेमा पनि विचार र्पुयाएर मात्र जग्गा खरीद गर्नुपर्छ ।
– नक्सा र भोग समान छ छैन जाँच्नुपर्छ । मुद्दा मामिलामा रोक्का भएको जग्गा लिनुहुँदैन । जग्गा उच्च विद्युत् चाप प्रसारण रेखाभन्दा १०÷१५ मिटर टाढा हुनुपर्छ ।
६. घर जग्गा व्यवसायीहरुलाई बैँकले कस्तो सहयोग गर्दै आएका छन् ?
हामी व्यवसायीहरुसँग लगानी नभएको बेलामा लगानी गरिरहेका छन् त्यो सकारात्मक पक्ष हो । तर लगानी गरेको ६–७ महिनामै वयवसायीहरुलाई मारमा पार्ने किसिमको काम गर्ने गरेको छ , जस्तै, व्यवसायीहरुको धितो लिलाम गर्ने लगाउतका काम गर्ने गरेको छ, यसले व्यवसायीहरु निकै समस्यामा पर्ने गरेका छौँ ।
७. अहिले घर जग्गाको कारोवार संख्यात्मक हिसाबले कस्तो अवस्थामा छ त ?
काठमाडौँ उपत्यकामा घर जग्गाको कारोवार संख्यात्मक हिसावले सकारात्मक नै छ ।