• Rental Nepal is Complete Real Estate Solution for Nepal

जसले चियापान आयोजना गरेर भने :हामी नेपालका डोनाल्ड ट्रम्प हौँ (भिडियोसहित)

जसले चियापान आयोजना गरेर भने :हामी नेपालका डोनाल्ड ट्रम्प हौँ (भिडियोसहित)

शम्भु दंगाल

काठमाडौं -अमेरीकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको सपथ खाएको केही घन्टापछि नेपालको राजधानीमा अनौठो कार्यक्रम भयो ।
ट्रम्पको ४ बर्षे कार्यकाल सफल होस भन्दै शनिबार ललितपुरको एक रेष्टुरेन्टमा शुभकामना तथा बधाई कार्यक्रम गरियो ।

यो कार्यक्रम नेपाल सरकारले आयोजना गरेको भने थिएन । अमेरिकी राष्ट्रपतिलाई बधाई तथा शुभकामना दिन सरकारलाई समेत उछिन्दै नेपालका घरजग्गा व्यवसायीले यस्तो कार्यक्रमको आयोजना गरेका हुन् ।

ट्रम्पलाई यसरी शुभकामना दिन औपचारिक कार्यक्रम गर्नुको एउटा रोचक साइनो के थियो भने, ‘डोनाल्ड ट्रम्प अमेरीकाका घरजग्गा व्यवसायी थिए, आयोजक चाहिँ नेपालका ।’


ट्रम्प घरजग्गा व्यवसायी हुनुको नाताले आफ्नो पेशासँग मिल्ने ब्यक्ति अमेरीकाको उच्च पदमा पुगेको खुसीयाली मनाएको उनीहरुको भनाई थियो ।

नेपालका घरजग्गा व्यवसायीहरु भेला भएर खुसीयाली मनाउदै ट्रम्पको कार्यकाल सफल होस भन्दै कामना पनि गरे ।

कस्तो थियो त कार्यक्रम ?

शनिबार दिँउसो १ बजे ललितपुरको बखुन्डोलमा रहेको नाम्लो गार्डेन रेष्टुरेन्टको हलमा काठमाडौंमा रहेका जग्गा व्यवसायी भेला भए ।

भिक्तामा डोनाल्ड ट्रम्पले बुढी औला उठाएको ठूलो फोटोसहित शुभकामना सन्देश लेखिएको ब्यानर राखिएको थियो । त्यहीँ ब्यानरको अगाडि घरजग्गा कारोबारीहरु प्रफूल्ल मुद्रामा बसेका थिए ।

कार्यक्रमको आयोजना गरेको थियो घरजग्गा एजेन्ट संघ नेपाल रिआनले ।
घरजग्गा कारोबारलाई व्यवस्थित, मर्यादित बनाउन र आफ्नो हक अधिकारको रक्षाका लागि भन्दै २०६८ सालमा स्थापना भएको संस्थाले ट्रम्पको सफलताले आफुहरुलाई पनि नेपालमा केही गर्न प्रेरित गरेको भन्दै कार्यक्रम गरेको जानकारी दिइयो ।

कार्यक्रमका लागि राजनीतिक दलका नेता तथा मन्त्रीलाई प्रमुख अतिथि बनाउने बारेमा आयोजकहरुले कार्यक्रम अघि छलफल गरेका थिए । तर डोनाल्ड ट्रम्प कुनै राजनीतिक पार्टीमा लागेर नभई रियल स्टेट अर्थात घरजग्गा कारोबारबाट सफल भएकोले राजनीतिक पार्टीका नेतालाई कार्यक्रममा नडाकेको आयोजकले बताए ।

कार्यक्रममा बोल्दै घरजग्गा एजेन्ट संघ नेपाल रिआनका अध्यक्ष ईश्वरप्रसाद खरेलले सरकारले गर्नुपर्ने कार्यक्रम निजी क्षेत्रले गरेर नेपाल–अमेरिका बिच दुई देश बिचको कुटनीतिक सम्बन्धलाई बलियो बनाउने प्रयास गरेको बताए ।

उनले अमेरिकी दुताबाससँग समन्वय गरेर कार्यक्रम गर्न सक्ने भएपनि आफूहरुले निस्वार्थ रुपमा आफ्नो पहलमा कार्यक्रम गरेर ट्रम्पलाई शुभकामना दिएको बताए ।

नेपालमा जग्गा ब्यवसायीहरुलाई केटी बेच्ने दलालको रुपमा हेरिन थालेको भन्दै उनले यो पेशालाई मर्यादित बनाउन सरकारलाई पटक पटक झक्झक्याँउदा पनि सुनुवाई नभएको गुनासो गरे ।

उनले भन, ‘नेपालमा घरजग्गा कारोबारीलाई ब्यवस्थित बनाँउन सरकारले लाइसेन्स ब्यवस्था गर्नुप¥यो, अदालतमा ६० प्रतिशत मुद्धा घरजग्गा सम्बन्धित हुन्छ, सरकारले घरजग्गा ब्यवस्थापन आयोग बनाँउनुप¥यो ।’

घरजग्गा कारोबारी भएर पनि अमेरीका सिष्टमले चलेकाले ट्रम्प माथिल्लो ओहोदामा पुगेको भन्दै कार्यक्रममा सहभागीहरुले नेपालमा पनि रियल स्टेट मर्यादित भए नेपाल ब्यवसायीहरुले पनि चलाँउन सक्ने बताए ।

हामी नेपालका डोनाल्ड ट्रम्प बनौँ

कार्यक्रममा बोल्ने अधिकांश घरजग्गा व्यवसायीले नेपालमा यो पेशालाई मर्यादित र व्यवस्थित नबनाँउदा सरकारले अरबौं राजस्व गुमाइरहेको भन्दै घरजग्गा ब्यवस्थापन आयोग बनाउन आग्रह गरे ।

छुट्टिने बेलामा रियल स्टेटको कारोबारलाई ब्यवस्थित बनाँउन आग्रहका साथ नेपालको डोनाल्ड ट्रम्प बन्ने प्रण गर्दै सामुहिक फोटो खिचेर कार्यक्रम टुङ्ग्याएका थिए ।

उनीहरुले यो कार्यक्रम मार्फत दुई देश बिचको सम्बन्धमा सुधार आउने अपेक्षा समेत गरेका छन् ।

 http://www.ratopati.com/news/110576/
img

Rental Nepal

RealtyNepal.com helps to manage for Real Estate, Commercial & Residential House, Apartment, Shutter, Office Space, Hostel/Home Stay etc. These services will be provided in a scientific, practical and decent way by making RealtyNepal.com a contact centre. It is a well known fact that people are quite busy these days. So, they need quick but reliable services. The main purpose of Realty Nepal is to help them providing such services. The selection of the name Real Estate itself suggests so. In addition, information related to above mentioned services including both positive and negative sides will be posted on this site. Constructive comments are always welcome to make the services more reliable. Thank You

Related posts

  • News

Banks halt loans for automobiles, real estate

Kathmandu, February 9 HIMALAYAN NEWS SERVICE Decide to stop extending credit against...

Continue reading
Rental Nepal
by Rental Nepal
  • News

Real estate demand growing

SUJATA AWALE Photo: THT Compared to the same period last year demand has grown by 200...

Continue reading
Rental Nepal
by Rental Nepal
  • News

EDITORIAL: Regulate real estate

THE HIMALAYAN TIMES The government agencies should not do anything that may go counter to the...

Continue reading
Rental Nepal
by Rental Nepal

Join The Discussion